विश्वनाथन आनन्द र कास्परोवबीच ३० सालपछि भिड़न्त हुने

IMG-20251007-WA0125

सेण्ट लुई: चेस खेलमा चाखलाग्दो इतिहास फेरि दोहोरिन गइरहेको छ। पूर्व वर्ल्ड च्याम्पियन भारतका विश्वनाथन आनन्द र रुसका दिग्गज ग्राण्ड मास्टर ग्यारी कास्परोवबीच ३० सालपछि फेरि एकपल्ट भिड़न्त हुन गइरहेको छ। यी दुई दिग्गजबीच खेल बुधवार क्लच चेसः द लीजेण्ड्स टुर्नामेण्ट-मा सेण्ट लुइ चेस क्लबमा खेलिनेछ। यस टुर्नामेण्टमा जम्मा १२ वटा बाजी खेलिनेछ, जसको जम्मा पुरस्कार राशि १,४४,००० डलर (लगभग १.२० करोड़ रुपियाँ) हुनेछ। यसमा विजेतालाई ७०,००० डलर (लगभग ६२ लाख रुपियाँ) र उपविजेतालाई ५०,००० डलर (लगभग ४४ लाख रुपियाँ) प्रदान गरिनेछ। यसरी प्रतियोगिता ड्र रहे दुवै खेलाड़ीलाई ६०,००० डलर (लगभग ५३ लाख रुपियाँ) गरेर प्राप्त हुनेछ। यसको साथमा २४,००० डलर (लगभग २१ लाख रुपियाँ)-को बोनस पनि तय गरिएको छ। आनन्द र कास्परोवबीच अन्तिमपल्ट १९९५-मा न्यूयोर्कमा वर्ल्ड ट्रेड सेण्टरको १०७औं तल्लामा वर्ल्ड च्याम्पियनशीपमा भिड़न्त भएको थियो। त्यस समय कास्परोवले २० बाजीहरूको प्रतियोगितामा १०.५-७-५-ले जीत हासिल गरेको थियो। कास्परोवले २००४-मा खेलबाट सन्न्यास लिएका छन् अनि अहिले केवल ब्लिट्ज या प्रदर्शनी खेलहरूमा हिस्सा लिन्छन् जबकि आनन्दले कहिले-काहीँ शीर्ष टुर्नामेण्टहरूमा हिस्सा लिन्छन्। यो प्रतियोगिता ३ दिनसम्म चल्नेछ, जसमा हरेक दिन ४ बाजी खेलिनेछ। यसमा २ वटा ऱ्यापिड र २ वटा ब्लिट्ज हुनेछ। पहिलो दिन हरेक जीतमा १ पोइण्ट, दोस्रो दिन २ पोइण्ट्स र तेस्रो दिन ३ पोइण्ट्स गरेर प्राप्त हुनेछ। यस स्कोरिंग प्रणालीले खेल अन्तिम दिनसम्म रोमाञ्चक रहने आशा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement