गान्तोक: हालै कर्णटकाको खेलो इण्डिया सेन्टरमा आयोजित १३औं सब-जुनियर नेशनल पिनाक सिलाट च्याम्पियनशीपमा राज्यको निम्ति पदक ल्याउने खेलाड़ीहरूलाई सिक्किम पिनाक सिलाट एसोसिएशनले अभिनन्दन जनायो। उल्लेखनीय छ, उक्त च्याम्पियनशीपमा सिक्किमले एक स्वर्णलगायत तीन पदक जितेको छ। पदक विजेताहरूमा जेसिका मंगर (एक स्वर्ण, एक रजत) अनि एञ्जेलिना गुरुङ (काँस्य) रहेका छन्।
राजधानीको ह्वाइट हलमा आयोजित अभिनन्दन कार्यक्रममा राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिञ्जिङ वाङ्ग्याल छोपेल मुख्य अतिथि थिए। कार्यक्रमअवधि एसोसिएशनको पक्षबाट विजेता खेलाड़ीहरूलाई उनीहरूको उपलब्धीको निम्ति अभिनन्दन दनाइयो।