मुख्यमन्त्रीकाे मिन्तोकगाङमा सम्भावित व्यापार निवेशकहरूका प्रतिनिधि दलसॅंग बैठक

IMG_20220924_001023.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले मिन्तोकगाङमा सम्भावित व्यापार निवेशकहरूका प्रतिनिधि दलसॅंग आयोजित बैठकको अध्यक्षता गरे।

बैठकमा वाणिज्य एवं उद्योग विभाग र नेशनल इन्स्टिट्यूट अफ् एमएसएमई, हैदराबादसॅंग क्लस्टरहरूको विकास, उद्यमिता विकास कार्यक्रम, म्याक्रो एवं माइक्रो उद्योगको प्रवर्द्धनका लागि एमओयूमा हस्ताक्षर गरियो। यस अवसरमा देश अनि विदेशका २४ सम्भावित व्यापार निवेशकहरू उपस्थित थिए। प्रतिनिधि दलले रियल स्टेट, मनोरञ्जन पार्क, आवासीय विद्यालय र कफी बगान जस्ता क्षेत्रहरूमा उद्योग स्थापित गर्न सम्भावित १००० करोड़ रूपियॉंको निवेश प्रस्ताव पेश गरेका छन्।

मुख्यमन्त्रीले स्थानीय मानिसहरूलाई फाइदा पुग्ने प्रस्तावहरू स्वागत जनाउॅंदै यस पहलमा सरकारले आफ्नो तर्फबाट हर सम्भव सहयोग गर्ने आश्वासन दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *