गान्तोक: कोलकातामा अस्ट्रेलियाकी महावाणिज्य दूत रोवन एन्सवर्थले मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरिन्। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमा दिएका छन्।
यस भेट अवधि महावाणिज्य दूतले आफ्नो भ्रमणको उद्देश्यबारे जानकारी दिइन्। मुख्यमन्त्री र एन्सवर्थबिच विभिन्न महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा भयो। महावाणिज्य दूतले भारत सरकार र अस्ट्रेलिया सरकारबिच हस्ताक्षरित एमओयूको बारेमा पनि जानकारी दिइन्।










