युथ फ्रण्ट सुपर लीगः मुम्बई सिटी एफसी र चेन्नईयन एफसी-बीच म्याच ड्र

photocollage_2022924043657.jpg

२३ सेप्टेम्बरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा शुक्रवार मुम्बई सिटी एफसी र चेन्नईयन एफसी-बीच खेलिएको म्याच गोलरहित ड्र (०-०) रह्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत आज भएको म्याचमा दुवै टीमले लगातार प्रयास गरे पनि गोल गर्न सकेन। शुभम हेम्बरमलाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार खेलिने म्याचमा एससी ईष्ट बेंगल र केरला ब्लास्टर्सबीच भिड़न्त हुनेछ। आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का शीर्ष टीमहरूका नाममा राखिएको छ। टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। प्रत्येक ग्रुपबाट विजेता अनि उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। फाइनल ३ अक्टोबरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *