देउराली संघ नक्आउट फूटबलः बी७ गुईठा बजार क्वार्टर फाइनलमा

photocollage_20229240136376.jpg

२३ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा बी७ गुईठा बजारले क्वार्टर फाइनलमा स्थान बनायो। रंगमोहन हाई स्कूल मैदानमा शुक्रवार खेलिएको दोस्रो राउण्डको म्याचमा बी7 गुईठा बजारले हर्के बोइज मारापुरलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचमा राणा र पीटरले १-१ गोल गरे। अब शनिवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा बेलगाछी स्पोर्टिंग क्लब र केके११ सिलगड़ीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

Advertisement