अरूको ट्रेड लाइसेन्समा रेस्टुरेन्ट चलाउँदै थिएः चेयरम्यान
दार्जीलिङ: नवीन गुप्तको रेस्टुरेन्टलाई नगरपालिकाले गरयो सील।अबैद्य ट्रेड लाइसेन्सको आडमा नवीन गुप्तले दार्जीलिङको चैरस्तामा अबैद्य रूपमा रेस्टुरेन्ट चलाउँदै आएको दार्जीलिङ नगरपालिकाले जानकारी पाएपछि नगरपालिकाले नवीन गुप्तलाई पालिका कार्यलयमा सोध खोजको निम्ति निम्ताएका थिए तर उनी नआएपछि आज दार्जीलि²ङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल, विभागीय नगरपार्षद साथै अन्य विभागीय अधिकारीहरू चैरस्ता पूगेर नवीन गुप्तको रेस्टुरेन्टको कागज पत्रहरूको जाँच गर्दा नवीन गुप्तले अर्कै मान्छेको नामको टे्रड लाइसेन्स लिएर रेस्टुरेन्ट चलाउँदै आएको थाहा पाएपछि दार्जीलिङ नगरपालिकाले नवीन गुप्तको रेस्टुरेन्ट सील गरी दिएको चेयरम्यान पोर्तेलले बताए।तिनले अधि भने नवीन गुप्तले जून विल्डिङमा रेस्टुरेन्ट चलाउदै आई रहेका थिए, त्यस विल्डिङमाथि आज भन्दा तीन बर्ष अधिदेखि नै न्यायलयमा मामला चल्दैछ भन्ने जानकारी पनि चेयरम्यान पोर्तेलले बताए।तिनले अधि भने कोर्ट केस संदर्भमा हामीलाई भन्नु केही छैन तर नगरपालिका क्षेत्रमा दोकान, रेस्टुरेन्ट जे पनि होस, त्यस को संचालन गर्नलाई ट्रेड लाइसेन्स हुन जरूरी छ चेयरम्यान पोर्तेलले भने। नगरपालिकाले शहरको साफ सफाईदेखि लिएर होटल, रेस्टुरेन्ट, दोकान आदि सवैको मैला कुचेलाहरू सवै उठाउने कामहरू गर्छन चेयरम्यान पोर्तेलले भने। विगतको तुलनामा अहिले दार्जीलिङ शहर धेरै साफ सफाई रहेको चेयरम्यान पोर्तेलले बताए।










