लाल बजारको अबैध दोकानहरू विरूद्ध कारबाही गर्न जीएमसी मैदान

IMG-20220923-WA0181.jpg

गान्तोक: गान्तोक नगर निगमले लाल बजारमा अवैध दोकानहरूविरुद्ध कार्वाही शुरु गरेको छ। कञ्चनजङ्गा समिङ कम्पलेक्स जसलाई लाल बजारको नामले चिनिन्छ, त्यहाँ साग सब्जीदेखि लुगा फाटा अनि अन्य सामग्रीहरू किन्नको निम्ति प्रत्येक दिन हजारौंको संख्यामा मानिहरू आउने गर्दछन्। तर त्यहाँ दिनदिनै अवैध दोकानहरू बढ़िरहेको कारण कम्पलेक्स भित्र मान्छेलाई हिँड़्ने बाटो नभएको सर्वसाधारणको गुणासो रहेको थियो। यसै गुनासोलाई मध्यनजरमा राखेर गान्तोक नगर निगमले कार्वाही शुरु गरेको छ। आज बिहानैदेखि गान्तोक नगर निगमका मेयर निलबहादुर छेत्री, उप मेयर छिरीङ पाल्देन लगायत बजार अफिसरले त्यहाँ पुगेर छानबीन शुरु गऱ्यो। अधिक दोकानहरू लाइसेन् बिनानै चलाइरहेको थाह लागेपछि जीएमसीले त्यहाँ रहेको दोकानहरू हटाउने पहल शुरु गर्ने निर्णय लिएको हो। तर निर्णय विपरित त्यहाँ दोकान चलाइरहेका दोकानेहरूले केही दोकान हटाउन केही समयको माग गर्दा जीएमसीले उक्त दोकानेहरूलाई ३१ अक्टोबरसम्मको समय दिएको छ। दशैं अनि तिहारपछि उक्त दोकानेहरूले त्यहाँ सामग्री विक्रीको निम्ति नराख्ने पनि जीएमसीका मेयरलाई लिखित रुपमा दिएको छ। दशैं तिहारको समयमा उक्त दोकानेहरूलाई आर्थिक मर्का नपरोस् भन्ने ध्येयले जीएमसीले पनि तिनीहरूलाई त्यहाँबाट हट्नको निम्ति ३१ अक्टोबरसम्मको समय दिएको हो। यदि आजको दिनदेखि उता पनि उहरूले त्यहाँ दोकान चलाए जीएमसीले सबै कानुनी प्रक्रिया पुरा गरेर सामग्री आफ्नो कब्जामा लिँदै उनीहरूलाई त्यहाँबाट हटाउने पनि मेयर नीलबहादुर छेत्रीले जानकारी दिएका छन्। यसको साथै त्यहाँ कतिपय दोकानेहरूले आफ्नो एउटा लाइसेन्सको आड़मा चार- पाँच वटासम्म दोकानहरू पनि चलाइरहेको थाह लागेपछि उनीहरूलाई पनि अबउसो त्यसो नगर्ने पनि मेयर छेत्रीले आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *