गान्तोक: असमका राज्यपाल जगदीश मुखी तीन दिवसीय सिक्किम भ्रमणको निम्ति रेलमार्गमार्फत आज सिलगढ़ीस्थित न्यू जलपाइगढ़ी स्टेशन आइपुगे। उनलाई त्यहाँ गृह विभागका प्रोटोकल युनिटले स्वागत जनाए। उनी त्यहाँबाट सोझै सिक्किम आइपुग्नेछन्। उनीसँग प्रथम महिला प्रेम मुखी लगायत राजभवनका अन्य अधिकारीहरू पनि सामेल रहेका छन्।









