नाम्ची किसान बजारमा मन्त्री दासद्वारा पव्लिक यूटिलिटी भवनको उदघाटन

IMG-20220923-WA0183.jpg

गान्तोक: राज्यका शहरी विकास विभाग मन्त्री एलबी दासले आज नाम्चीको किसान बजारमा पव्लिक यूटिलिटी भवनको उदघाटन गरे। उदघाटन कार्यक्रममा विभागका अध्यक्ष केबी राई, स्मार्ट सिटीका सल्लाहकार जीटी ढुङ्गेल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उदघाटन पछि मुख्य अतिथि दासले भवनको निरीक्षण गरे। निरीक्षणको क्रममा उनलाई विभागका अधिकारीहरूले उक्त भवनको संरचनाबारे विस्तृतरूपमा जानकारी गराए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले नाम्चीका जनतालाई यस प्रकारको भवन पाउन सकेकोमा बधाइ दिँदै सरकारले आधुनिक सुविधायुक्त पूर्वधारको विकास गरेको बताए। आज उदघाटन गरिएको यी पूर्वाधारको माध्यमद्वारा स्थानीय दोकानदारहरूले सहज रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने मन्तव्य प्रकट गरे। शहरको आर्थिक वृद्धिमा यस भवनले सहयोग पुग्न सक्ने उनले सम्भावना व्यक्त गरे । उनले यस भवनलाई सरसफाइमा राख्ने जिम्मेवारी विभागको मात्र नभएर जिल्लाका सबै नागरिहरूको रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *