सिक्किम विद्युत विभागद्वारा उपभोक्तालाई जागरुक बन्ने अपिल

IMG_20220923_223454.jpg

गान्तोक: राज्यमा बढ्दो बिजुलीको प्रीपेड फ्रड मामिलाप्रति विद्युत एवं उर्जा विभागले उपभोक्ताहरूको ध्यान आकर्षित गर्दै जागरूक बन्न अपील गरेको छ। विभागका अधिकारीहरूले आफ्ना उपभोक्ताहरूलाई एसएमएस गर्ने, फोन गर्ने अथवा ई-मेल पठाउने हाल कुनै सेवा नरहेको पनि स्पष्ट गरेका छन्।विभागका सचिव गणेश छेत्रीले बिजुलीको प्रीपेड सिस्टममाथि प्रकाश पार्दै विभाग पारम्परिक पद्धतिलाई त्यागेर आधुनिक पद्धतिलाई अपनाउने दिशामा अग्रसर बनेको जानकारी गराए। यस क्रममा कतिपय प्राविधिक समस्याहरू आउनु स्वाभाविक रहेको पनि उनले स्पष्ट पारे। तर, भुक्तानको सम्बन्धमा भइरहेका अनलाइन फ्रडका घटनाहरूप्रति भने विभाग पनि असहाय रहेको उनले बताए। उनले यस विषयमा उपभोक्ताहरू स्वयं जागरूक बन्नु पर्ने अपील गरे।यसै गरी, मुख्य अभियन्ता, मुख्यालय जिग्मी नामग्यालले उपभोक्ताहरूका लागि हाल विभागले कुनै प्रकारको एसएमएस सेवा शुरू गरेको छैन भनी स्पष्ट गरे। उनले भने, विभागले उपभोक्ताहरूलाई फोन गर्दैन, एसएमएस र ई-मेल पनि पठाउॅंदैन। उनले अनलाइन फ्रडबाट बाच्न विभागको नाममा फोन, एसएमएस अथवा ई-मेल आएको खण्डमा ध्यान नदिन आसय व्यक्त गरे। उर्जा विभागको सम्मेलन हलमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले हाल राज्यभरि ९ हजार ६५० प्रीपेड मिटर जडान भइसकेको जानकारी दिए। अहिलेसम्म लगभग ३४ प्रतिशत काम पुरा भएको र अझ ६४ प्रतिशत काम बाकी रहेको छ। प्रीपेड मिटरको जडानपछि व्यावसायिक क्षतिलाई रोक्न धेरै मद्दत पुग्ने बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *