देन्ताम स्कूलको शतवार्षिकी समारोह सम्पन्न

IMG-20250926-WA0197

गेजिङ: गेजिङ जिल्लाअन्तर्गत देन्ताम सरकारी उच्चत्तर माध्यमिक विद्यालयले ज्ञान यात्राको गौरवशाली इतिहासलाई सम्मान गर्दै स्थापनाको एकसय वर्ष अर्थात शताब्दी वर्ष भव्यरूपमा पालन गऱ्यो।
उक्त कार्यक्रमको उदघाटन क्षेत्र विधायक सुदेश सुब्बाले गत १८ सेप्टेम्बरको दिन गरेका थिए। नवौ दिनको अवसरमा अन्तरविद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताको फाइनल राउण्ड सम्पन्न भयो। उक्त प्रतियोगिताको फाइनलमा देन्ताम पीएमश्री सरकारी उच्चत्तर माध्यमिक विद्यालय र हि-याङथाङ सरकारी वरिष्ठ माध्यमिक विद्यालयका छात्राहरूबीच सम्पन्न भयो। जसमा हि-याङथाङ वरिष्ठ माध्यमिक विद्यालय विजयी भयो। जसमा उत्कृष्ट वक्ताकोरूपमा गीता छेत्रीलाई घोषित गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधान अध्यापक नारायण बस्नेतले विद्यार्थीहरूमा सिर्जनात्मकता, साहित्यिक चेतना र सामाजिक सोच अभिवृद्धि हुनपर्ने बताए। उनले यस प्रकारको अवसरले विद्यार्थीहरूको वक्तृत्व कौशललाई मात्र ननिखारेर जिम्मेवार नागरिक बन्ने बाटोमा पनि मार्गदर्शन गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement