सिम्फेड अध्यक्षलाई राष्ट्र रतन सम्मान

IMG-20250926-WA0194

गान्तोक: सिम्फेडका अध्यक्ष तेञ्जिङ दोर्जी भोटियालाई भारतको मित्रता मञ्चले प्रतिष्ठित राष्ट्र रतन पुरस्कारबाट सम्मानित गरेको छ। उक्त पुरस्कार नयाँ दिल्लीमा आयोजित एक सम्मान समारोहमा प्रदान गरिएको थियो। विभिन्न राज्यका विशिष्ट व्यक्तित्वहरूलाई सेवा, शिक्षा, राजनीति र व्यावसायिक उत्कृष्टताजस्ता क्षेत्रहरूमा योगदानको लागि सम्मान गरिएको थियो। भारतको मित्रता मञ्चद्वारा स्थापित राष्ट्रिय रतन पुरस्कार यसअघि उत्तरपूर्वी क्षेत्र र देशका अन्य भागहरूका विशिष्ट व्यक्तिहरुलाई प्रदान गरिएको छ। पुरस्कार ग्रहणपछि कृतज्ञता व्यक्त गर्दै भोटियाले सबै शुभचिन्तकहरूको प्रोत्साहनले सेवा कार्य गर्ने प्रेरित गरेको उल्लेख गरे। उनले उक्त सम्मानको श्रेय शुभचिन्तकहरुलाई दिए।

About Author

Advertisement