दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा भईरहेको प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिताको एघारौं दिनको दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तरी प्रतियोगिता २०२५ लोधोमा क्षेत्रमा सम्पन्न गरियो। लोधोमा सार्वजनिक भवन आयोजित कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागका भारप्राप्त सभासद राजेस चौहान, क्षेत्रीय सभासद एवं पर्यटन विभागका कार्यकारी सभासद नोर्देन शेर्पा र अन्यान्यको उपस्थिति रहेको थियो। त्यसरी नै अन्तर प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तरी प्रतियोगिता २०२५ पुलबजार बिजनबारी क्षेत्रमा पनि सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएका डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहान, कार्यकारी सभासद सतीश पोख्रेल, सभासद सन्दीप छेत्री, प्राथमिक शिक्षा विभागको बोर्ड सदस्य शिशिर राई, विशाल शर्मा, किरण बरदेवा, पुल बजार बिजनबारी खण्डको खण्ड विकास अधिकारी लगायत एसआई, एएसआई, शिक्षक शिक्षिकाहरु र अभिभावकहरु र विद्यार्थीहरु उपस्थित रहेका थिए। उक्त कार्यक्रममा पाठशालाको नानीहरुले क्विजमा असल प्रकारले भाग लिएका थिए। रिम्बिक लोधोमा अनि पुल बजार बिजनबारी क्षेत्रबाट चयन भएका विद्यार्थी नानीहरुलाई जीटीएको शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानको बाहुलीबाट पारितोषिकको रुपमा ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ।
उल्लेखनीय छ जीटीएको प्राथमिक शिक्षा विभागको आयोजनामा भईरहेको प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिता गोरुबथान, कालेबुङ,मिरिक, खरसाङ, रङ्ली रङ्लियट हुँदै लोधोमा र बिजनबारीमा सम्पन्न भएको छ।

अब दार्जिलिङ क्षेत्रलाई लिएर आगामी २३ सेप्टेम्बरमा मङ्पुमा आयोजना हुने भएको छ भने फाइनल सुकनामा आगामी १४ नोभेम्बरको दिन आयोजना गरिने भएको छ। जीटीए प्रमुख अनित थापाको सहयोग अनि जीटीएको प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानको पहलमा प्राथमिक पाठशालाहरुलाई गुणस्तरीय बनाउनको लागि पहल शुरु गरिएको छ।