नशालु पदार्थ सहित एक पक्राउ

IMG-20250921-WA0164

गान्तोक: नशामुक्त अभियान अन्तर्गत आज सिङताम पुलिसले भारी मात्रामा नशालु पदार्थ सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीलाई अप्पर तिनेक चिसोपानी निवासी राजेन दर्जीकोरूपमा चिन्हित गरिएको छ।
आरोपी दर्जीको घरमा नशालु पदार्थ राखेको विश्वासनीय सूत्रले सूचित गरेपछि सिङताम थानाका एसएचओ, पीआइ शेर बहादुर मंगरले उनको घरमा छापा मार्ने क्रममा २१९० वटा सिम्पलेक्स क्याप्सुल फेला परेको हो। आरोपीले नशालु पदार्थ बास्केटमा लुकाएर राखेका थिए। आरोपी विरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement