गान्तोक: अन्ततः सिटिजन एक्शन पार्टी, सिक्किमका अध्यक्ष गणेश कुमार राईको सम्पत्ति विवाद सुल्झिएको छ। उल्लेखनीय छ, गत विधानसभा चुनाउमा भारतका निर्वाचन आयोगसमक्ष बुझाएको हलफनामामा उल्लेखित सम्पत्तिको बेहोरालाई लिएर सामाजिक सञ्जालमा विवाद भएको विवाद सिर्जना भएको थियो।
निर्वाचन आयोगको सम्बन्धित वेबसाइटमा गणेश राईको कूल सम्पत्ति १६ करोड़भन्दा अधिक देखाइएपछि सुधारवादी नेतासित १६ करोड़को सम्पत्ति रहेको भन्दै सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाले सामाजिक सञ्जालमा कड़ा आलोचना गरेको थियो। यस सम्बन्धमा क्याप सिक्किमले पहिले राज्यमा निर्वाचन आयोगका कार्यालयमा आपत्ति जनाएको थियो भने पछि एसोसिएशन अफ् डेमोक्रेटिक रिफर्ममा पनि कम्प्लेन गरेको थियो।
क्याप सिक्किमले नयाँ दिल्लीस्थित एसोसिएशन अफ् डेमोक्रेटिक रिफर्ममा गुनासो गरेपछि भारतको निर्वाचन आयोगले आफ्नो वेबसाइटमा गणेश राईसित सम्बन्धित सम्पत्तिको जानकारी सच्याएको छ। अहिले राईसित १६ होइन २ करोड़भन्दा केही अधिक चल अलच सम्पत्ति रहेको वेबसाइटमा देखाइएको छ।