ईंग्लिश प्रीमियर लीगः आर्सनल र टोटनह्यामको जीत, चेल्सीको ड्र

Screenshot_20250914_134522_FotoCollage Maker

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा चेल्सीले निराशाजनक ड्र-को सामना गर्नु पऱ्यो। यसबीच आर्सनल र टोटनह्यामले चाहिँ जीतको फर्म हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा आर्सनलले नटिंघम फरेष्टलाई ३-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट मार्टिन जुबिमेण्डीले ३२औं र ७९औं मिनटमा २ गोल गरे। यसबाहेक भिक्टोर ग्योकेरेसले ४६औं मिनटमा अन्य एक गोल गरे। यस जीतको साथ आर्सनल ४ वटा म्याचमा ९ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। चेल्सी चाहिँ ब्रेण्टफोर्डविरुद्ध २-२-को ड्र-मा रोकियो। यस अवे म्याचमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सी एक समय जीतको नजिक पुगिसकेको थियो तर अन्तिम क्षणमा गोल खाएर टीमले ड्र-मा सन्तोष मान्नु पऱ्यो। चेल्सीबाट कोल पाल्मरले ६१औं र मोइसेस साइसेडोले ८५औं मिनटमा गोल गरे। यसरी ब्रेण्टफोर्डबाट केविन शेडले ३५औं र फाबियो कार्वाल्होले इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरे। चेल्सी अहिले ८ पोइण्ट्सको साथ पाँच स्थानमा रहेको छ। यसरी १२औं स्थानमा रहने ब्रेण्टफोर्डसँग ४ पोइण्ट्स रहेको छ।
यसरी टोटनह्यामले पनि वेष्ट ह्यामलाई ३-०-ले पराजित गरी जीतको फर्म हासिल गऱ्यो। यस अवे म्याचमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामबाट पापे मटर सारले ४७औं, लुकास बर्गवालीले ५७औं र मिकी वान डे भेनले ६४औं मिनटमा गोल गरे। म्याचमा वेष्ट ह्यामका खेलाड़ी टोमस सौसेकलाी ५४औं मिनटमा रेड कार्ड देखाइयो। यस जीतपछि टोटनह्याम ९ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहन पुग्यो। असल फर्ममा रहने बोर्नमाउथले पनि ब्राइटनविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। होम टीमको निम्ति एलेक्स स्कटले १८औं र एण्टोनी सेमेन्योले ६१औं मिनटमा गोल गरे। यसरी ब्राइटनबाट काओरु मितोमाले ४८औं मिनटमा गोल गरे। यस जीतपछि बोर्नमाउथ ९ पोइण्ट्स लिएर चौथो स्थानमा रहन पुग्यो।अन्य म्याचहरूमा न्यूक्यासलले वूल्भ्सलाई अनि फूलह्यामले लीड्स युनाइटेडलाई १-०-को समान अन्तरले पराजित गऱ्यो। यसरी क्रिस्टस प्यालेस र सण्डरल्याण्डबीच म्याच तथा एभर्टन र एस्टन भिल्लाबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement