रुसमाथि कडा प्रतिबन्ध लगाउन ट्रम्प तयार, तर राखे यस्तो सर्त

IMG-20250914-WA0082

न्यूयोर्क: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउन तयार रहेको बताएका छन्। तर नेटो देशहरूले केही सर्त पूरा गरेपछि रुसमाथि प्रतिबन्ध लगाउने उनले बताए।
नेटो देशहरूले रुसी तेल खरिद रोक्नुपर्ने ट्रम्पको सर्त छ। सामाजिक सञ्जालमा लेख्दै उनले भने,ʻरूसमाथि ठुला प्रतिबन्धहरू लगाउन इच्छुक छु। तर नेटो देशहरू मेरो सर्तमा सहमत हुनुपर्छ र लागू गर्नुपर्छ।ʼ
ट्रम्पले बारम्बार रुसविरुद्ध कडा कारबाही गर्ने धम्की दिएका छन्। तर रुसले उनको समयसीमा र चेतावनीलाई बेवास्ता गर्दै आएको छ। यस्तै ट्रम्पले पनि अहिलेसम्म त्यस्तो कुनै कारबाही गरेका छैनन्।
ट्रम्पले चीनले रुसी तेल खरिद गरेको कुरालाई स्तब्ध पार्ने बताए। नेटोले चीनमाथि ५० देखि १०० प्रतिशतसम्मको भन्सार शुल्क लगाउनुपर्ने उनले सुझाव दिए। यसले रुसमाथि चीनको बलियो पकड कमजोर बनाउने उनको दाबी छ।
उनले थप लेखे,ʻकेही देशहरूले रूसी तेल खरिद गर्नु अचम्मलाग्दो छ। यसले रूससँगको वार्ता र मोलमोलाईमा उल्लेखनीय रूपमा कमजोर बनाउँछ।ʼ
ट्रम्पले चीनमाथि भारी शुल्क लगाउनुका साथै रुसी ऊर्जा खरिदमा रोक लगाए युद्ध अन्त्य गर्न ठुलो मद्दत हुने दाबी गरे।
चीन र भारत रुसका सबैभन्दा ठुला ऊर्जा खरिददार हुन्। ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएका छन्। यसले युक्रेनमा युद्ध रोक्न रुसलाई दबाब दिन सकिने उनको तर्क छ।
चीन र भारत बाहेक नेटो सदस्य देशलगायत युरोपेली देशहरूले पनि रुसबाट ठुलो मात्रामा ऊर्जा किन्छन्।

About Author

Advertisement