जहाँ गोर्खा त्यहाँ म हुनेछु र गोर्खाहरूलाई एकजूट गराउनु मेरो राजनैतिक यात्राको अध्याय शुरु भएको छ: अनित थापा

IMG-20250913-WA0176

सालबारी: आज सलाबारीको मेथिबारी जनहित समाजले आयोजना गरेको एक कार्यक्रममाझ चेली माइती सामूहिक भवनको उद्घाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले गरे। यस अवसरमा उनले भने, ‘केही समय अघि गोर्खाहरुको आधिपत्य रहेको मेथिबारीका केही नेतृत्वहरूसँग भेटघाट गरेको थिए। उहाँहरू एक गोर्खा समाज भएर रहनु भएको छ। उहाँहरूले मलाई विषेशगरी गोर्खा समाजको निम्ति सामूहिक भवनको आवश्यकता रहेको बताउनु भएको थियो। फेरि केही समय पश्चात एकदिन मेथिबारीका उनै नेतृत्वहरूसँग मेरो फेरि भेट भयो। उहाँहरूले पुनः सामूहिक भवनको आवश्यकताको कुरा गर्नु भयो। उहाँहरू मेरो आफ्नै जातिका व्यक्तिहरू हुन्। मलाई पहाड, मधेस सबै ठाउँको गोर्खालाई एकजूट गर्नुछ। मैले उहाँहरूको आवश्यकता माथि कार्य गर्ने अठोट गरे। नभन्दै, समयमा नै सामूहिक भवनको निर्माण भयो।’


उनले अघि भने, आज “चेली माइती” नामाकरण गरिएको सामूहिक भवनको उद्घाटन गर्न म उपस्थित थिए। उहाँहरुको मुहारमा खुसी देख्दा मन प्रफुल्ल बनेको छ।’


अनित थापाले अघि भने, ‘हामी एकजुट भयौं भने कुनै काम पनि फत्ते गर्नु सक्छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement