फिफा वर्ल्ड कप क्वालीफायरमा ब्राजीलको हार

Screenshot_20250910_170346_Gmail

नयाँ दिल्ली: फिफा वर्ल्ड कप क्वालीफायरको दक्षिण अमेरिकी चरणको खेलहरू समाप्त भइसकेको छ। मंगलवार राति खेलिएको अन्तिम चरणका म्याचहरूमा ब्राजीलको साथमा वर्तमान वर्ल्ड कप च्याम्पियन अर्जेण्टिनाले हारको सामना गर्नु पऱ्यो। ब्राजीलले रोमाञ्चक म्याचमा बोलिभियाविरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। वर्ल्ड कपको निम्ति अगावै क्वालीफाई गरिसकेको ब्राजील म्याचमा अधिकांश स्टार खेलाड़ीहरू बिना खेल्न ओर्लिएको थियो। होम ग्राउण्डमा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने बोलिभियाबाट मिगुएल टेरसेरोसले मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइमको चौथो मिनटमा गोल गरे। यो बोलिभियाई टीमको २०१९ पछि आफ्नो होम ग्राउण्डमा ब्राजीलविरुद्ध पहिलो जीत हो। यस रोमाञ्चक जीतको साथ बोलिभियाले प्लेअफ्-मा आफ्नो स्थान सुरक्षित गऱ्यो। प्लेअफ् टुर्नामेण्टमा ६ वटा देशले हिस्सा लिनेछ अऩि यो मार्चको अन्तर्राष्ट्रिय सत्रमा खेलिनेछ। प्लेअफ्-बाट आउँदो साल हुने फिफा वर्ल्ड कपको निम्ति अन्तिम २ स्थानको निर्धारण हुनेछ। बोलिभियाको लक्ष्य चौथोपल्ट अनि १९९४ पछि पहिलोपल्ट वर्ल्ड कपको निम्ति क्वालीफाई गर्ने हुनेछ।
यसरी अर्जेण्टिनाले पनि इक्वेडोरविरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने इक्वेडोरको टीमलाई एनर भेलेन्सियाले म्याचको निर्णायक गोल दिलाए। उनले मध्यान्तरअघि इञ्ज्युरी टाइमको १३औं मिनटमा पेनल्टीबाट गोल गरे। त्यसपछि इक्वेडोरका मीडफिल्डर मोइसेस साइसेडोले ५०औं मिनटमा रेड कार्ड देखे पनि अर्जेण्टिनाले त्यसको फाइदा उठाउन सकेन। क्वालीफायरमा तेस्रो स्थानमा रहने कोलम्बियाले भेनेजुएलालाई ६-३-ले पराजित गरी बोलिभियालाई प्लेअफ्-मा पुग्नमा सहायता गऱ्यो। यस अवे म्याचमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने कोलम्बियाई टीमबाट लुईस सुआरेजले ४ गोल गरे। उनले ४२औं, ५०औं, ५९औं र ६७औं मिनटमा गोल गरे। प्याराग्वेले पनि आफ्नो अन्तिम म्याचमा पेरुविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। मातिआस गालार्जाले ७८औं मिनटमा दिलाएको गोलले प्याराग्वेलाई जीत दिलायो। यसबाहेक चिली र उरुग्वेबीच खेलिएको म्याच गोलरहित ड्र-मा समाप्त भयो। दक्षिण अमेरिकी चरणबाट अर्जेण्टिनाले १८ वटा म्याचमा ३८ पोइण्ट्सको साथ ग्रुप विजेता बनेर वर्ल्ड कपको निम्ति क्वालीफाई गऱ्यो। यसरी इक्वेडोर २९ पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो। यी दुईवटा टीमको साथमा कोलम्बिया, उरुग्वे, ब्राजील र प्याराग्वेले पनि वर्ल्ड कपको निम्ति सीधै क्वालीफाई गऱ्यो। बोलिभियाले प्लेअफ्-मा चुनौती पेश गर्नेछ। यसबाहेक भेनेजुएला, पेरु र चिलीको चाहिँ क्वालीफायरमै अभियान समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement