फरार कैदीबन्दी नियन्त्रणका लागि नेपाल-भारत सीमा नाकामा विशेष कडाई

1757501711035

कपिलवस्तु: नेपाल भारत सीमाअन्तर्गत कपिलवस्तु जिल्लाको सीमावर्ती भारतीय नाकाहरुबाट भारततर्फ जान विशेष कडाई गरिएको छ। कपिलवस्तु कारागारबाट ४ सय ३१ जना कैदीबन्दीहरु आज बिहानै कारागार तोडेर भागेपछि सीमा नाकामा कडाई गरिएको हो।
भारतीय सीमा सुरक्षा अधिकारीहरुले सीमा क्षेत्रका स्थानीयलाई नागरिकता देखाएर विशेष कामबाहेक अन्य व्यक्तिलाई सीमा नाकाबाट आवत जावत गर्नमा रोक लगाएका छन्। भारतीय नागरिकहरुलाई भने आधार कार्डका आधारमा सीमा नाकामा प्रवेश दिएको छ।
कारागारबाट भागेका कैदी बन्दीलाई नियन्त्रण तथा पक्राउ गर्न भारतीय समकक्षीहरुसंगको संवादपछि केही समयका लागि सीमा नाका बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ।
सीमा नाका पार गरी भारत तर्फ जांदै गरेका ८ जना कैदी बन्दीलाई भारतीय सीमा सुरक्षा अधिकारीहरुले पक्राउ गरेका छन्। यसै गरी ६९ जना कैदी बन्दीलाई सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रबाट पक्राउ गरी कारागार प्रशासनमा बुझाईएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्गले बताए। भागेका कैदी बन्दी नियन्त्रणका लागि एक राउण्ड गोली हवाई फायर समेत गनु परेको प्रजिअ तामाङ्गले बताए।

About Author

Advertisement