विधानसभा एस्टिमेट कमिटी टोलीको सोरेङ-दरामदिन भ्रमणसरकारी योजनाहरु निर्धारित समयमै पूरा गर्ने विधानसभा अद्यक्ष शेर्पाको निर्देश

IMG-20250908-WA0165

गान्तोक: सिक्किम विधानसभाको अनुमान समितिले आज सोरेङ जिल्लाका विभिन्न विकास परियोजनाहरूको निरीक्षण गऱ्यो। यसअन्तर्गत मगरजोङ्ग, रुम्ल्याङ तुङरुङ, रमदिनको निर्माणसंगै सोरेङको बहुउद्देश्यीय सामुदायिक केन्द्रको आधिकारिक स्थलगत भ्रमण गरेको थियो। भ्रमणको क्रममा मगरजोङ्ग मंगसरी समितिले परियोजनाका धेरै पक्षहरूबारे बताए। मुख्यगरि पावर ट्रान्सफर्मर स्थापना, पार्किङ सुविधा व्यवस्था र थप रिटेनिङ पर्खालहरूको निर्माणमा विस्तृत छलफल गर्योि। टोलीले पर्यटन र नागरिक उड्डयन विभागसँग समन्वय गरेर परियोजनाको समीक्षा गरेको थियो। क्षेत्र विधायक एवं समितिका अध्यक्ष आदित्य गोलेले परियोजनाहरू स्वीकृत गरेकोमा राज्य सरकार र मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरे। उनले आगामी ९ दिसम्बरमा बाराहिमिजोङ महोत्सव अन्तर्राष्ट्रियस्तरमा मनाइने जानकारी गराउँदै उक्त कार्यक्रमको लागि उचित कार्यक्रमस्थल खोज्नुपर्ने विषयमाथि सबैको ध्यान केन्द्रित गराए। उनले प्रस्तावित संग्रहालय स्थापनाको लागि अल सिक्किम मंगर एसोसिएसनद्वारा सही दस्तावेजी तयार गर्नुपर्ने अवगत गराए। सोही प्रकारले सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले अल सिक्किम मंगर एसोसिएसनलाई संग्रहालयबारेमा चाँडोभन्दा चाँडो बैठक बोलाउने आग्रह गरे। उनले विद्युत विभाग र जलस्रोत विभागलाई कामको सहज सहजीकरण सुनिश्चित गर्ने अपील गर्दै सम्बन्धित विभागहरू, ठेकेदारहरू र विभिन्न संस्थाहरूलाई परियोजनाहरू समयमै सम्पन्न गर्न समन्वयमा काम गर्न प्रोत्साहित गरिन। दरमदिनको रूम्ल्याङ भ्रमणको क्रममा, प्रतिनिधिहरूलाई परियोजनाको अवलोवकन गर्ने सल्लाह दिइन्। यसबीच संरचना, कलाकृतिहरू, मुख्य ढोकाको निर्माणबारेमा पनि खुल्लारूपमा छलफल गरियो। सिक्किम लेप्चा एसोसिएसन रेन्ज्योङ मुतान्ची रोङ तर्जुमका अध्यक्षले भवन तथा आवास विभागबाट विभिन्न योजनाबारे जानकारी लिए। सोही प्रकारले सिक्किम विधानसभाका अध्यक्ष एवं क्षेत्र विधायक एमएन शेर्पाले परियोजनाको लागि पानी र बिजुली आपूर्तिबारेमा चिन्ता व्यक्त गरे। उनले बहुउद्देश्यीय प्रयोगको लागि परिसरभित्र पानी पुन: प्रयोग गर्न सुझाव दिँदै भविष्यमा यस क्षेत्रमा साना साना होमस्टेको सञ्चालन गर्नुपर्ने प्रस्ताव राखे।उनले सिक्किम लेप्चा संघलाई पर्यटकहरूका लागि रुम्ल्याङ तुङरुङको ऐतिहासिक महत्वको अनुसन्धान गर्ने आग्रह गरे। यसै क्रममा समाज कल्याण विभागीय मन्त्री साम्डुप लेप्चाले भवनको छाना सुन्दर बनाउने सुझाउ दिए। मन्त्री लेप्चाले यस परियोजनाको सफलतापूर्वक सम्पन्नताको लागि सिक्किम सरकारले विभाग र ठेकेदारहरूलाई पूर्ण सहयोग गर्ने आश्वासन दिएको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement