घैयाबारी ग्राम सुधार समितिद्वारा समाजको २५औं वर्ष पालन साथै सिक्किमका त्रकार सञ्जीव लामालाई सम्मान

IMG-20250908-WA0138

तीनधारे: खरसाङ महकुमा अन्तर्गत- घैयाबारीको सार्वजनिक भवनमा घैयाबारी ग्राम सुधार समितिद्वारा २५औं स्थापना दिवस समारोह सम्पन्न भएको छ। यसै कार्यक्रमको साथमा सिक्किमको राज्य स्तरीय टिस्टा रंगीत अविरल कलम पुरस्कार ७९औं स्वतन्त्रता दिवसमा सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागद्वारा मुख्यमन्त्री पीएस गोलेद्वारा घैयाबारी निवासी साथै सिक्किमका पत्रकार सञ्जीव लामा सम्मानित भएकोमा घैयाबारीको समाजद्वारा सम्मान जनाइएको छ। यसै क्रममा गाउँघर मात्र नभएर दार्जीलिङलाई नै गर्वित बनाएको भन्दै घैयाबारीको ग्राम सुधार समितिद्वारा प्रत्रकार सञ्जीव लामा साथै परिवारलाई समाजको सदस्यहरूद्वारा सम्मान जनाएका छन्|

यसरी नै ग्राम सुधार समितिको २५औं वर्ष पूरा भएकोमा केक काटेर एकआर्कामा बधाई अनि शुभकामना व्यक्त गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement