वर्ल्ड च्याम्पियनशीपमा पहिलोपल्ट स्वर्ण पदक जित्न सफल भारतीय पुरुष कम्पाउण्ड टीम

IMG-20250907-WA0051

ग्वांग्जू: भारतीय पुरुष कम्पाउण्ड धनुकाँड़ (आर्चरी) टीमले इतिहास रच्यो। भारतीय टीमले आइतवार फ्रान्सलाई पराजित गरी पहिलोपल्ट वर्ल्ड च्याम्पियनशीप स्वर्ण पदक जित्यो। रिषभ यादव, अमन सैनी र प्रथमेश फुगेको भारतीय टीमले असाधारण प्रदर्शन गऱ्यो अनि खिताबी भिड़न्तमा फ्रान्सलाई २३५-२३३-ले पराजित गरी स्वर्ण पदक जित्यो। भारतले फाइनल अघि अष्ट्रेलिया, अमेरिका र तुर्कियेविरुद्ध पनि प्रभावशाली जीत दर्ता गरेको थियो। फाइनलमा तीन सेटपछि स्कोर १७६-१७६-को बराबरीमा थियो तर दोस्रो वरीयता प्राप्त भारतीय टीमले निर्णायक चरणमा आफ्नो धैर्यलाई कायम राख्यो अनि फ्रान्सको ५७-को तुलनामा ५९-को स्कोर बनाएर ऐतिहासिक सफलता हासिल गऱ्यो। यसअघि ज्योति सुरेखा वेनम र रिषभ यादवको मिश्रित टीम जोड़ीले फाइनलमा नीदरल्याण्ड्सविरुद्ध १५५-१५७-ले हारको सामना गर्नु पऱ्यो। यसरी सुरेखा र रिषभको जोड़ीलाई रजत पदक हासिल भयो। त्यसपछि २३ वर्षीय रिषभले सैनी र प्रथमेशसँग मिलेर पुरुष कम्पाउण्ड टीमको खिताब जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement