चुक्लाखाङ गुम्पामा पालन गरियो पाङ ल्हाब सोल पर्व

IMG-20250907-WA0125

गान्तोक: परम्परागत रितिरिवाज र प्रार्थनासहित राजधानीस्थित चुक्लाखाङ गुम्पामा पाङ ल्हाब सोल पर्व पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा राज्यपाल ओमप्रकाश माथुर उपस्थित थिए। मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई, धर्म विभागीय मन्त्री सोनाम लामा लगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो। चुक्लाखाङ ट्रस्टले धार्मिक विभाग र अन्य संस्थाहरूको समन्वयमा आयोजना गरेको यस धार्मिक अनुष्ठानमा राजकुमार पाल्देन नामग्याल, राजकुमारी होप लीजुमको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रमअन्तर्गत पारम्परिक छाम नृत्य लगायत समृद्व पारम्परिक र आध्यात्मिक प्रस्तुतिहरू पेश गरिएको थियो। मुख्यमन्त्री तामाङले अतिथि सत्कारको निम्ति चुक्लाखाङ ट्रस्टप्रति कृतज्ञता व्यक्त गरे।

About Author

Advertisement