गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेशका प्रवक्ता पासङ ग्याली शेर्पाले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेश अध्यक्ष डीआर थापा लगायत सम्बन्धित राष्ट्रीय नेताहरूलाई पत्रचार गरेर तत्काल प्रभावको साथमा प्रवक्ताको पदबाट राजीनामा दिएका हुन्।
शेर्पाले पार्टीको राज्य नेतृत्वको दोहोर चरित्रलाई प्रवक्ताको पद त्याग्नुको कारण बताएका छन्। यसको साथै उनले सिक्किममा भारतीय जनता पार्टी, सरकारको गठबन्धनमा छ कि विपक्षमा भन्ने प्रश्न पनि उठाएका छन्। पार्टीको अस्पष्ट नीतिले कार्यकर्तालाई अन्यौलमा पार्नुको सथै जनतालाई दिग्भ्रमित पारेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। पार्टीको यस्तो दोहोरो चरित्रले पार्टी कार्यकर्ता र समर्थकहरूको मनोबल कमजोर हुने गरेको थप उल्लेख गरेका छन्। यस्तो अन्यौलताको स्थितिमा पार्टी प्रवक्ताको जिम्मेवारी निर्वाह गर्न नसकिने शेर्पाको भनाइ रहेको छ। यसको साथै उनले विषयको गम्भीरतालाई ध्यानमा राख्दै भाजपा केन्द्रीय नेतृत्वलाई हस्तक्षेत्रको निम्ति आग्रह पनि गरेका छन्।
उल्लेखनीय छ, गत २०२४को विधानसभा चुनाउ अघि भारतीय जनता पार्टीमा सामेल भएका पासङ ग्याली शेर्पाले भाजपा-को टिकटमा तुमिल लिङ्गी निर्वाचन क्षेत्रबाट चुनाउ पनि लड़ेका थिए।