डुवर्स: अखिल भारतीय नेवार संगठनद्वारा अन्य राष्ट्रिय एवं राज्यतिर पालन गरिने नेवारी इन्द्रजात्रा यसपाली प्रथमपटक पश्चिम बंगालको बीरपाडामा भव्य रूपमा सम्पन्न गरिने जानकारी प्राप्त भएको छ। उक्त “इन्द्रजात्रा” दर्शन एवं रथ तान्नलाई दार्जिलिङ जिल्लाको खरसाङ, नागरीफर्म, मिरिक, सालबारी, मेथीबारी, रोहेणी, सोनादा क्षेत्रका विभिन्न स्थानबाट भेला हुने क्रम जारी छ भने कालेबुङ जिल्लाबाट पनि व्यापक रूपमा नेवार समुदायको मानिसहरु भेला हुँदैछन्।

अखिल भारतीय नेवार संगठन राष्ट्रिय स्तरीय संगठन भएकोले सिक्किम राज्यमा पनि “इन्द्रजात्रा” भव्य रूपमा पालन गरिरहेकै हुन्छन् तर गत वर्ष झैं यस वर्ष भने “इन्द्रजात्रा” रोचक देखिन्दैछन् कारण नव युवा युवतीहरूको उपस्थिति साथै उनीहरूमा नेवारी संस्कार संस्कृति, भाषा एवं इन्द्रजात्रा मनाइने खोजमा डिभेट कार्यक्रम आयोजन गरेका थिए।

यसरी नै शनिवार भव्य “इन्द्रजात्राको रथ” बीरपाडा शहर परिक्रमा गरेर नेवारी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको जानकारी अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको सचिव सुवास प्रधानले दिएका छन्।