मिरिक: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्सद्वारा मिरिकस्थित ओकाइटी चियाबगानमा नवनिर्मित घरको उद्घाटन गरिएको छ। उक्त स्थानमा उद्घाटनको समय अजय एडवर्ड्स लगायत पार्टीका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। नव निर्मित घर विगत केही दिन अघि मात्र आगलागीका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो।आगलागीको कारण सम्पूर्ण रुपले ध्वस्त बनेको घर ओकाइटी निवासी बन्धन छेत्रीको रहेको थियो जुन घर अहिले पूर्ण निर्माण गरिदिएर अजय एडवर्ड्सले बन्धन अनि उनको परिवारको निम्ति ठूलो सहयोग पुर्याएका छन्। एडवर्ड्सको उक्त सराहनीय कार्यले ओकाइटीवासी तथा गाउँलेहरुमा एक नयाँ आशा र सहयोगको भावनालाई पुन:जीवित तुल्याएको छ।

स्थानीय बासिन्दाहरुले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको यस मानवीय पहलको खुलेर प्रशंसा गर्दै यसले तल्लो तहका समुदायहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। अजय एडवर्ड्सकको यस्तो सहयोगले पीड़ित परिवारलाई नयाँ जीवन शुरु गर्न मद्दत गरेको भन्दै कृतज्ञता प्रकट गरेका छन्।
यो पहल ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको समाजप्रति उत्तरदायी र संवेदनशील भूमिका तथा व्यवहारिक सामाजिक सेवाप्रति समर्पित दृष्टिकोणको सशक्त उदाहरण बनेको बताइएको छ।