युवा शक्ति सोनादा पचेङ समष्टिद्वारा शिक्षक दिवस पालन

IMG-20250905-WA0123

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टि युवा शक्तिद्वारा शिक्षक दिवसको अवसरमा सोनादा क्षेत्रका विभिन्न विद्यालयहरुका शिक्षक शिक्षिकाहरुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। युवा शक्ति सोनादा पचेङ समष्टि युवा शक्तिकाे अध्यक्ष माईकल गुरुङकाे नेतृत्वमा युवा शक्ति समूहद्वारा सोनादा परिसरमा रहेका विद्यालयहरुमा गएर शुभकामना व्यक्त गरेका छन्। यस अवसरमा युवा शक्तिको समष्टि अध्यक्ष माईकल गुरुङ, सचिव दिनु राई, प्रवक्ता पर्वत रसाइली, सदस्य विशाल राई र सामदेन शेर्पा लगायत अन्य प्रतिनिधिहरु विद्यालयतिर पुगेर सम्मान जनाएका छन्।‌ यस अवसरमा सोनादा क्षेत्रका विद्यालयहरु माध्यमिक शिक्षा केन्द्र, शान्ति रानी प्राइमरी स्कूल, सन्त पिटर्स हाई स्कूल, ग्रीन हिल आईसीएससी स्कूल, सोनादा हाई स्कूल, न्यूटन हाई स्कूल, स्कट मिशन प्राइमरी स्कूल, रिगटोङ क्षेत्रका शिक्षक शिक्षिका अनि विद्यालयका प्रदान अध्यापक, शिक्षक शिक्षिकाहरु लाई “शिक्षा दिवस” काे बधाई तथा शुभकामना व्यक्त गरेका छन्। यसको साथै स्कूलद्वारा उच्च शिक्षा प्रदान गरी आफ्नो छात्र छात्राहरु विभिन्न गरिमामय पदहरु जस्तै, आर्मी अफिसर्स, नेट उत्तीर्ण गराउन तथा विभिन्न ओहोदामा पुग्न सफल भएकामा सम्पूर्ण सोनादा पचेङ समष्टि युवा शक्तिकाे तर्फबाट सम्मान तथा विद्यालयकाे अझैं उत्तरोत्तर प्रगतिकाे कामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement