खरसाङमा प्रफेट मोहम्मदको १५००औं जन्म जयन्ती हर्षोल्लासका साथ पालन

IMG-20250905-WA0122

खरसाङ: खरसाङमा मुस्लिम समुदायद्वारा प्रफेट मोहम्मदको १५००औं जन्म जयन्ती हर्षोल्लासका साथ पालन गरिएको छ। प्रत्येक वर्ष झैं यसपाली पनि जोश र हर्षोल्लासका साथमा खरसाङको अञ्जुमान ई-ईस्लामियाको आयोजनामा मोहम्मदको १५००औं जन्म जयन्ती पालन गरिएको छ। यस अवसरमा खरसाङमा रैली निकालिएको छ। उक्त रैली खरसाङ बजारमा रहेको मस्जिदबाट शुरु भएर बस टर्मिनलसम्म पुगेर पुनः मस्जिदसम्म आएर समाप्त भएको छ।‌ त्यसपछि शुक्रबार परेकोले नमाज पढेर मास प्रार्थना पनि गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अञ्जुमान ई-ईस्लामियाको मौलाना मोहम्मद जहिरिद्दुनले खरसाङमा हरेक वर्ष झैं यसपाली पनि जोश र हर्षोल्लासका साथमा मोहम्मदको १५००औं जन्म जयन्ती पालन गरिएको बताएका छन्। उनले मानिसहरुले अमन र जोशका साथमा रैलीमा भाग लिएको बताउँदै प्रशासनप्रति आभार प्रकट गरेका छन्। उनले हाम्रो लागि यो दिन विशेष रहेको बताउँदै मोहम्मदको १५००औं जन्म जयन्ती खरसाङमा मात्र होइन तर विश्वभरि नै हर्षोल्लासका साथ पालन गरिएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement