गान्तोक: आज टाशीलिङ सचिवालयमा सिक्किमका मुख्य सचिव वीबी पाठकले विभागीय प्रमुखहरूको एक समन्वय बैठकको अध्यक्षता गरे। बैठकको आयोजन समीक्षा एवं अन्तरविभागीय मुद्दाहरूको मूल्याङ्कन गर्नु रहेको थियो।
बैठकमा विभागहरूको कामकाज सुचारू रूपमा सञ्चालन सुनिश्चित गर्न विभिन्न विषयहरूमाथि चर्चा गरियो। मुख्य सचिव पाठकले हरेक पक्षमा वृद्धि र स्थिरताका लागि कुशल प्रबन्धन विषय लाइन विभागका प्रतिनिधिहरूसॅंग कुराकानी गरे। उनले राज्यमा केन्द्र प्रायोजित योजनाहरू राम्ररी कार्यान्वित गर्न कतिपय महत्वपूर्ण विषयहरूमा ध्यान आकर्षित गराए।
विभागीय प्रमुखहरूले राज्यमा सरकारी पहलहरूको सफलता सुनिश्चित गर्न प्रभावशाली कार्यान्वयनका लागि विभिन्न सुझाउहरू राखेका थिए। मुख्य सचिवले सबै विभागहरूलाई आआफ्नो वेबसाइट अपडेट गर्न सुझाउ दिए। यसै गरी, उनले सबै विभागहरूमा समयनिष्ठा र अनुशासनमाथि निगरानी राख्नु पर्ने बताए।बैठकमा गृह विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङले २ अक्टोबर गान्धी जयन्ती समारोहलाई सफल बनाउन सबैलाई सहभागी बन्न अनुरोध गरे।