खरसाङमा आयोजित निःशुल्क‌ नौ दिवसीय रुद्राक्ष थेरापी शिविरको समापन

IMG-20250830-WA0124

खरसाङ: खरसाङकोे नयाँ बजारस्थित कमिनिटी हलमा खरसाङकोे जनसाधारणलाई स्वास्थ्य लाभ होस् भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशनका मुख्य कार्यपाल अनित थापाकोे पहलमा अनि खरसाङ रोगी कल्याण समितिका अध्यक्ष दिवस छेत्रीको निरीक्षण लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटी साथै सहयोगमा चेन्नईबाट आएका योगा गुरू रबिद्वारा २२ अगस्तदेखि आरम्भ गरिएको निःशुल्क रुद्राक्ष थेरापी शिविर शनिवार समापन भएको छ। रुद्राक्ष थेरापीद्वारा गरिने थेरापीमा शरीरमा भएकाे कमजोर नशाबाट रक्त प्रवाह सुचारु हुनकोे साथै विशिष्ट अंग मजबुत बनाउनमा सहायक हुन्छ। रोगहरुसँग लड्ने क्षमता बढ्छ र यो नौ दिन भएको शिविरमा खरसाङका लगभग दुई हजारभन्दा अधिक मानिसहरुले यस थेरापीको लाभ उठाएको जानकारी प्राप्त भएको छ। यसबाट धेरै मानिसहरुलाई यस थेरापी लिए पश्चात उनीहरुको प्रायः शारीरिक समस्याहरूमा सुधार भएकाे जानकारी थेरापी लिन आउने जनमानसले दिएका‌ छन्। यस नौ दिने निःशुल्क रुद्राक्ष थेरापी शिविरमा सकाउने सात कन्या एवम् कात्यनी धामका सदस्यगण, खरसाङ नगरपालिकाका शिशु शिक्षा केन्द्र शिक्षक सहायिका, वार्ड नम्बर सत्र, नयाँ बजार भागोप्रमो नारी शक्तिका सदस्या, युवा शक्ति सदयागण लगायत टाउन कमिटी उपलब्ध गरी दिनु भएकोमा खरसाङ महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङ अनि टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रिनले एक मुष्ठमा सबैलाई धन्यबाद दिएको जानकारी भागोप्रमो खरसाङ टाउन कमिटीका प्रचार प्रसार सचिव सञ्जय रावतले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement