क्याप सिक्किमको प्रचार प्रसार परिषदको सभा

IMG-20250830-WA0147

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को प्रचार प्रसार परिषद र आइटी सेलको समन्वय सभा रम्फूस्थित क्षेत्रीय कार्यालयमा सम्पन्न भयो। सभालाई उपाध्यक्ष श्रीमती सुमती छेत्रीले अध्यक्षता गरेकी थिइन् भने पार्टीका शीर्ष नेताहरू प्रशान्त बाबु छेत्री, कौशल लोहागुण, दिपेन्द्र राज, सीएम मिश्र, प्रकाश पराजुली आदिको विशेष उपस्थिति रहेको थियो।
यसै अवसरमा भर्खरै सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा त्यागेका दक्षिण सिक्किमको रातेपानी निवासी सुकराज सिलाल र रोजेश राई आधिकारिक रुपमा क्याप सिक्किममा सामेल भए। पार्टी अध्यक्ष गणेश कुमार राईको पक्षमा सभामा उपस्थित नेताहरूले नयाँ सदस्यहरूलाई स्वागत जनाए।
सभामा पार्टीलाई साङ्गठनिक रुपमा अझ बलियो बनाउन प्रचार प्रसारको महत्वमाथि विस्तृत रुपमा चर्चा गरिएको पार्टीले विज्ञप्ती जारी गरेर बताएको छ। यस विषयमा उपस्थित शीर्ष नेताहरूले आ-आफ्नो विचार र सुझाउहरू साझा गरे। सभा अवधि पार्टीको सिद्धान्त र दर्शनलाई जनजनसम्म पुऱ्याउन प्रचार प्रसारको महत्वमाथि पनि चर्चा गरियो।

About Author

Advertisement