विभिन्न जीपीयूका आमाहरूलाई चेक वितरण

IMG-20250828-WA0141

गान्तोक: राज्य सरकारको आमा सहयोग योजनाअन्तर्गत आज नाम्ची जिल्लाको दामथाङ, आसाङथाङ, सोरोक श्यामपानी, कामराङ, माङगले र तिङरिथाङ ग्राम पञ्चायत यूनिटका आमाहरूलाई चेक प्रदान गरियो। यसअन्तर्गत नाम्ची खण्ड प्रशासनिक केन्द्रअन्तर्गत पर्ने जीपीयूका आमाहरूलाई आमा सहयोग योजनाको चेक वितरण गरिएको हो। यस अवसरमा शहरी विकास विभागीय मन्त्री भोजराज राई मुख्य अतिथिकारूपमा उपस्थित थिए। साथमा अतिरिक्त जिल्लापाल (विकास) सिमोन कुलुङ लगायत अन्य विभिन्न विभागीय अधिकारीहरु पनि सामेल रहेका थिए। सिक्किम आमा सहयोग योजनाअन्तर्गत, बीपीएल वर्गका प्रत्येक आमालाई चारवटा नि:शुल्क एलपीजी ग्यास रिफिल प्रदान गरियो। कार्यक्रममा ५० जना लाभार्थीहरूलाई चारहजार चारसयको चेक वितरण गरियो। मुख्यमन्त्री प्रेमसिंह तामाङले १० अगस्त २०२५ मा रम्फूमा आयोजित आमा सम्मान दिवसको अवसरमा उक्त कार्यक्रमको आधिकारिक शुरुवात गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement