नामथाङको काब्रेमा राज्यस्तरीय इन्द्रजात्रा पर्वको तयारी

IMG-20250828-WA0137

गान्तोक: सिक्किम नेवार गुठीले यस वर्षको राज्यस्तरीय इन्द्रजात्रा पर्व नामथाङस्थित काब्रेमा मनाउने निर्णय लिएको छ। आज सिच्छेस्थित नेवार भवनमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन्। सिक्किम नेवार गुठीका अध्यक्ष मणिकुमार प्रधानले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आगामी ३ देखि ६ सेप्टेम्बरसम्म विभिन्न प्रकारको कार्यक्रमसहित पालन गरिने जानकारी गराए। समापन कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत मन्त्रीगण, विधायकगणको पनि उपस्थिति रहने अवगत गराए। पहिलो दिनको कार्यक्रममा नेवार समुदायको परम्परागत लिङको पूजा-अर्चना गरिने छ भने दोस्रो दिन युवा सम्मेलन र भाषा, साहित्यमाथि प्यानल डिस्कन आयोजना गरिने कार्यक्रमको तयारी भइरहेको बताए। यसरी नै 5 सेप्टेम्बरको दिन नामथाङ बजारदेखि काब्रेसम्म शोभा यात्रा आयोजन गरिने र त्यस दिनभरि नै सांस्कृतिक कार्यक्रम आयोजन गरिने जानकारी प्रधानले दिए। तेस्रो दिनको समापन कार्यक्रम बिहान पाँच बजीदेखि पूजा-अर्चना, रथयात्रा गरिनेछ। जसमा १० हजारभन्दा अधिक नेवार समुदायका सदस्यहरूले सहभागिता जनाउने अध्यक्ष प्रधानले पत्रकारहरूलाई बताए। उनको भनाइअनुसार यो पर्व केवल नेवार समुदायको मात्र नभएर सम्पूर्ण सिक्किमेली जनताको रहेको हुनाले उक्त कार्यक्रममा राज्यमा बसोबासो गर्ने सबै जातिहरूको सहभागिता हुनपर्ने बताए। उक्त कार्यक्रममा नेवार समुदायका दुईजना व्यक्तिलाई नेवा रत्न सम्मानद्वारा सम्मानित गरिने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement