एशिया कपको निम्ति खेलाड़ीहरू दुबईमा एकत्रित हुने

IMG-20250828-WA0136

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका खेलाड़ीहरू एशिया कपको निम्ति दुबईमा एकत्रित हुनेछन्। विदेश यात्रामा जाँदा साधारणत खेलाड़ीहरू मुम्बईमा एकत्रित हुने गर्थे तर यसपाली त्यस्तो हुनेछैन। एशिया कपको शुरुवात ९ सेप्टेम्बरदेखि हुनेछ अनि भारतीय खेलाड़ीहरू ४ सेप्टेम्बरमा दुबईमा एकत्रित हुनेछन्। भारतले आयोजक यूएई-विरुद्ध म्याचको साथ १० सेप्टेम्बरमा अभियान शुरु गर्नेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का एकजना वरिष्ठ अधिकारीले भनेका छन्, सबै खेलाड़ीहरू ४ सेप्टेम्बरको साँझसम्म दुबई पुग्नेछन् अनि पहिलो नेट सेशन ५ सेप्टेम्बरमा आईसीसी एकाडमीमा हुनेछ। लजिस्टिक सुविधालाई ध्यानमा राखेर खेलाड़ीहरूलाई आ-आफ्नो शहरबाट सीधै दुबई पुग्ने निर्देश दिइएको छ। एशिया कपमा भारतले आफ्नो दोस्रो म्याच २४ सेप्टेम्बरमा चीरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध खेल्नेछ। भारतले टुर्नामेण्टको निम्ति अगावै सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय टीमको घोषणा गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement