सिन्धू विश्व च्याम्पियनशीपको क्वार्टर फाइनलमा, प्रणयको हार

IMG-20250828-WA0135

पेरिस: भारतकी अनुभवी शट्लर तथा दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले विश्वकी नम्बर २ खेलाड़ी चीनकी वांग झी यी-लाई पराजित गरी बीडब्ल्यूएफ विश्व च्याम्पियनशीपको क्वार्टर फाइनलमा प्रवेश गरिन्। सिन्धूले बिहीवार महिला एकल वर्गको प्री-क्वार्टर फाइनल म्याचमा वांग झी-लाई २१-१९, २१-१५-ले पराजित गरिन्। विश्व ऱ्याङकिंगमा १५औं स्थानमा रहने सिन्धूलाई म्याच जित्न ४८ मिनट समय लाग्यो। सिन्धूले यसअघि २०१९-मा विश्व खिताब जितेकी थिइन्। विश्व च्याम्पियनशीपमा पाँचपल्टकी पदक विजेता सिन्धूले शुरुवाती गेममा आक्रामक शुरुवात गरिन् अनि २१-१९-ले जीत हासिल गरिन्। भारतीय खेलाड़ीले दोस्रो गेममा पनि आफ्नो फर्म कायम राख्दै म्याच जितिन्। अब क्वार्टर फाइनलमा सिन्धूको सामना इण्डोनेशियाकी पुत्री कुसुमा वर्दानीसँग हुनेछ। यसबीच पुरुष एकलमा चाहिँ भारतका एचएस प्रणय ठूलो उलटफेर गर्ने नजिक पुगेर विश्वका नम्बर दुई खेलाड़ी डेनमार्कका एण्डर्स एण्टोनसनविरुद्ध पराजित भए। दुई साल अघि विश्व च्याम्पियनशीपमा काँस्य पदक जित्ने प्रणयले डेढ़ घण्टासम्म चलेको म्याचमा ८-२१, २१-१७, २१-२३ ले हारको सामना गर्नु पर्यो। तेस्रो गेममा म्याच पोइण्ट हासिल गरेर पनि प्रणयले मौकालाई काममा लगाउन सकेनन् अनि पराजित भएर टुर्नामेण्टबाट बाहिर भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement