कालेबुङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले आज कालेबुङ ३९ नम्बर समष्टीको रम्फु क्षेत्रमा ४ अक्टोबर २०२३ दिन आएको बाढीको प्रकोपमा घर गुमाउनेहरुमध्ये दुईजनाको घर बनाएर उदघाटन गरेका छन्। अजय एडवर्ड्सले दुईजना चेलीहरु फूलमाया विश्वकर्म अनि शान्ति दर्जीको घरको उद्घाटन गरेर घरको चाबी सुम्पिएका छन्। यसरी प्राकृतिक प्रकोपमा परेर गुमाएको घरहरु बनाउने जिम्मा स्थानीय जीटीए र बङ्गाल सरकारको भएतापनि सरकारी निकायहरु असमर्थ रहेपछु आफै अघि आएर एडवर्ड्स फाउण्डेसनको सहयोगमा हालै दुई -दुईवटा गरेर घर बनाइरहेको जानकारी अजय एडवर्ड्सले दिएका छन्।

सत्तामा हुनेहरुले बनाउन नसकेको रम्फुको बाढ़ पीढीतहरुको घर आईजीजेएफ-का प्रमुख संयोजक अजय एडवर्ड्सको सहयोगद्वारा निर्माण गरिएको छ भने आज उनीद्वारा उक्त निर्माण गरिएको दुईवटा घरको उद्घाटन गरिएको छ।