दार्जिलिङ: सेवोक १० माईल अपहरण काण्ड विषय आज भारतीय जनता पार्टी जिल्ला समितिको एक टोलीले दार्जीलिङ जिल्ला पुलिसलाई विशेष अनुसन्धान टोली गठनको निम्ति ज्ञापनपत्र बुझाएका छन्।
नानी अपहरण भएको ६ दिन बितिसक्दा पनि पुलिस प्रशासनकोबाट कुनै ठोस कार्य नभएको कारण यस्तो हेलचक्राई र अनुसन्धन गर्नमा किन ढिलाई भनी प्रशासनलाई दबाब दिई चाढोभन्दा चाढो अपहरण भएको नानीलाई खोजी निकाल्नु पर्ने माग राखेका छन्। उक्त टोलीमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, महासचिव सुजेन्द्र राई, महिला मोर्चा अध्यक्षा चन्द्रकला राई, रेश्मा गुरुङ, युवा मोर्चा अध्यक्ष निरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, सवन राई, अगम प्रधान, सनन्द छेत्री, साकाल देवान लगायतलाई पार्टी कार्यकर्ताहरु उपस्थित रहेका थिए। उक्त ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भाजपा अध्यक्ष सञ्जीव लामाले यस अपहरण प्रकरणले राज्यमा कानुन व्यवस्थाको विफलता उदाङ्गो भएको बताएका छन्। उनले ६ दिनयता लापता १४ वर्षीय ईशान गुरूङ मामिलामा भाजपा जिल्ला समितिद्वारा विशेष जाँच दल गठन गरेर अनुसन्धान अघि बढाउपर्ने जिल्ला पुलिससमक्ष माग गरिएको उनले जनाएका छन्।