खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ४ डुमाराममा अखिल भारतीय नेवार संगठन केन्द्रीय समितिको पहलमा एंव खरसाङ आञ्चलिक समिति श्री भीमेश्वर मन्दिरको देखरेखमा नेवार जातिको गुबाजु, देव बाजुहरूको प्रशिक्षण केन्द्रको उद्धाटन गरिएको छ। उक्त केन्द्रको उदघाटन अखिल भारतीय नेवार संगठन केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधानको बाहुलीबाट सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा केन्द्रीय महासचिव सञ्जयमणि प्रधान, सचिव उत्तम प्रधान, उपाध्यक्ष दिपक प्रधान, सल्लाहकार प्रभात प्रधान एवं अन्य केन्द्रीय सदस्यहरू साथै खरसाङ आञ्चलिक समिति भीमेश्वर मन्दिरका पदाधिकारीवर्ग एंव सदस्यहरूको उपस्थितिमा विभिन्न नेवारी सांस्कृतिक कार्यक्रमसँगै श्री भीमेश्वर मन्दिरमा पूजा गरेर वार्ड नम्बर ८ को सार्वजनिक भवनमा कार्यक्रम सम्पन्न गरियो।

उक्त कार्यक्रमको अध्यक्षता मदन प्रधानले गरेका थिए भने कार्यक्रमको सञ्चालन संगठनकै सचिव सुवास प्रधानले गरेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको अध्यक्ष प्रकाश प्रधान एवं सहसचिव गणेश प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।