खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिले सन्त मेरिज २ ग्राम पञ्चायत अन्तर्गत पर्ने पुरानो पाठशाला सन्त मेरिज प्राथमिक पाठशाला भवन आफ्नै खर्चमा रंग पचेरा गर्ने कार्य गरेका छन्। उक्त पाठशाला भवन केही सालदेखि पाठशालाको बाहिरी साथै भित्री अवस्था धेरै नै साेचनीय रहेको र वर्तमानमा पाठशालाको भित्तामा नाम धरि थिएन। नयाँ युवा पिँढीहरुले यहाँ स्कूल छ भन्ने कल्पना पनि गर्नु सकेका थिएन भन्दै यस्तो अवस्था देखेर प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा अध्यक्ष एलजिन ब्राह्मणको विशेष पहलमा सम्पूर्ण स्कूलभित्र र बाहिरपट्टि पूर्ण रुपले आफ्नो व्यक्तिगत खर्चमा रंग गरिदिएका छन्। यसको साथै स्कूलको नाम पनि लेखिदिएका छन्। यस पहलमा संगठनका उप सभापति प्रवकर रोका, सह सचिव जीवन माेहरा, विकास सार्कीले पनि श्रमदान गरी सहयाेग पुराएका थिए। यस कार्यमा पाठशालाका प्रधान अध्यपक मरिया गाेरेटी राई साथै स्कूल पक्षले मध्यान्ह भाेजनकाे व्यास्थ्या मिलाएका थिए। संगठनकाे यस्तो पहललाई स्कूल पक्षले प्रसंशा गरेको र यसरी नै सेवा गर्ने कार्यमा निरन्तर अघि बढिरहने र कर्म गर्नु नछाेडनु भनी सबै सदस्यहरुलाई धन्यवाद साथै खदा लगाएर सम्मान जनाएको अध्यक्ष एल्जिन ब्राह्मणले बताएका छन्। उनले यस कार्यलाई हामी हाम्रो पट्टिका अध्यक्ष अनित थापालाई श्रेय दिन चाहान्छौं भनी बताएका छन्। उनले अध्यक्ष अनित थापाले आफुहरुलाई ‘कर्म गर फलकाे आशा नगर, कर्म नै हाम्रो सिद्धान्त’ भनेर सिकाएको र आगामी दिनहरूमा पनि संगठनले यस्तो कार्य लगातार रुपमा गरिरहने वचन दिएका छन्।

उनले यसरी नै हामीहरुले पनि हाम्रो क्षेत्रमा भएको सरकारी पाठशालाहरुमा नानीहरूलाई पठाउनुपर्छ भन्दै आज हामीलाई नाेकरी सरकारी चाहिन्छ सबै प्रकारको सहुलियत सरकारी चाहिन्छ भने सरकारी पाठशाला भने हामी पढाउनु चाँहादैनाैं र यस्तो मानसिकता अब हामीले त्याग्नुपर्छ हामीलाई सरकारले सबै थाेक दिएका छन्। यसकाे लाभ हामीले उठाउनु पर्छ भनी बताएका छन्।