सनराइजर्स हैदराबादमा आफ्नो भविष्यलाई लिएर अनिश्चित मोहम्मद शमी

IMG-20250828-WA0075

नयाँ दिल्ली: भारतीय पेस बलर मोहम्मद शमीको निम्ति आईपीएल २०२५-को सीजन सनराइजर्स हैदराबादको निम्ति चरम निराशाजनक रह्यो। मेगा लिलामीमा १० करोड़ रुपियाँको बोलीमा सनराइजर्समा सामेल हुने शमीले ९ वटा म्याच खेलेर केवल ६ विकेट लिन सके। अब आईपीएल २०२६-को निम्ति मिनी लिलामी अघि सनराइजर्सले उनलाई रिटेन गर्नेछ या छैन भन्ने कुरालाई लिएर शमी अनिश्चित छन्। उनले भने, म कुनै पनि टीमको निम्ति खेल्न तयार छु। म त्यही टीममा जानेछु, जसले मेरो निम्ति सर्वाधिक बोली लगाउनेछ। यसैकारण लिलामीमा हाम्रो हातमा केही हुँदैन। यो आईपीएल हो, क्रिकेटको सबैभन्दा ठूलो उत्सव। यसले क्रिकेटप्रेमीहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्छ। यस टी२० लीगमा हाम्रो काम केवल खेल्नु हो। यसैकारण जुन टीममा गए पनि मेरो काम आफ्नो सर्वश्रेष्ठ दिने रहनेछ। आईपीएलमा शमीको सर्वश्रेष्ठ सीजन २०२३-मा गुजरात टाइटन्सको तर्फबाट खेल्दै रह्यो। त्यस सीजनमा उनले १७ वटा म्याच खेलेर १८.६४-को औसतले २८ विकेट लिएका थिए। त्यस सीजनमा शमीले पर्पल क्याप पनि जितेका थिए। आफ्नो पहिलो आईपीएल विजेता सीजन २०२२-मा शमीले २० विकेट लिएका थिए। चोटले गर्दा उनी आईपीएल २०२४-बाट बाहिर भएका थिए अनि गुजरात टाइटन्सले उनलाई रिलीज गरेको थियो।
शमीले आईपीएलमा अहिलेसम्म ५ वटा फ्रेञ्चाइजीको प्रतिनिधित्व गरिसकेका छन्। उनले २०१३-मा कलकत्ता नाइट राडर्सको निम्ति आईपीएलमा पदार्पण गरेका थिए। त्यसपछि उनी २०१८-सम्म दिल्ली डेयरडेविल्स (अहिले दिल्ली क्यापिटल्स)-बाट खेले, जहाँ उनी टीमको नियमित सदस्य थिएनन्। उनले किंग्स इलेवेन पञ्जाब (अहिले पञ्जाब किंग्स)-को निम्ति पनि ३ सीजन खेले अनि ४२ वटा म्याचमा ५८ विकेट हासिल गरे। समग्रमा शमीले ११९ वटा आईपीएल म्याच खेलेर २८.१८-को औसतले १३३ विकेट लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement