नयाँ दिल्ली: एशिया कप शुरु हुन अब केही दिन मात्र बाँकी छ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले टुर्नामेण्टको निम्ति १५ सदस्यीय टीमको घोषणा गरिसकेको छ। टीममा सूर्यकुमार यादव कप्तान र शुभमन गिल उपकप्तान हुनेछन्। यसबीच आईपीएलको साथमा अन्तर्राष्ट्रिय स्तरमा गत केही समयदेखि असाधारण प्रदर्शन गर्ने श्रेयस अय्यरले एशिया कपको टीममा स्थान नपाउँदा धेरैले आश्चर्य व्यक्त गरेका छन्। चयनकर्ताहरूले उनलाई एशिया कपको टीममा स्थान दिएनन्। यसलाई लिएर निक्कै चर्चा भइरहेको छ अनि यस विवादमा एबी डीभिलियर्स पनि सामेल भएका छन्। यसबीच सुनिल गावस्करलाई चाहिँ भारतीय क्रिकेटको आन्तरिक मामिलामा उनले टिप्पणी गरेको मन परेन। अय्यर गत केही सालदेखि असाधारण फर्ममा छन्। आईपीएल २०२५-मा उनले ब्याटको साथ असाधारण प्रदर्शन गरे। अय्यरले १७ वटा ईनिंग्समा ५०.३३-को औसत र १७५.०७-को स्ट्राईक रेटले ६०४ रन बनाए। यस अवधि उनले ६ वटा अर्द्धशतक पनि बनाए। ईनिंग्सलाई नियन्त्रित गर्ने उनको क्षमता पनि असाधारण रह्यो, जसको अन्दाज ७९.१ प्रतिशत कण्ट्रोल रेटबाट लगाउन सकिन्छ। यति असल आँकड़ा रहे पनि चयनकर्ताहरूले उनलाई एशिया कपको टीमबाट बाहिर राख्ने फसेला गरे।
अजीत अगरकरको अध्यक्षतामा रहने चयन समितिको यस फसेलामाथि दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर डीभिलियर्सले आफ्नो यूट्यूब च्यानलमा चर्चा गरेका छन्। उनले भने, श्रेयस अय्यर जस्ता स्तरीय खेलाड़ी भारतीय टीममा नहुनु अचम्भको कुरा हो। विशेषहरी उनको नेतृत्व क्षमतालाई ध्यानमा राख्दा। टीममा धेरैजना लीडर र धेरैजना कप्तान भएर यस्तो भएको हुनसक्छ। श्रेयस अय्यर जस्ता खेलाड़ीले टीम इण्डियामा कसरी स्थान बनाउन सकेनन् भन्ने सत्य एकदिन अघि आउनेछ भन्ने हामीलाई आशा छ। डीभिलियर्सको यस्तो टिप्पणीमाथि पूर्व दिग्गज ब्याटर गावस्करले असन्तुष्टि व्यक्त गरेका छन्। उनको भनाइअनुसार, भारतीय क्रिकेटको आन्तरिक मामिलाहरूमा विदेशी खेलाड़ीहरूले चर्चा या टिप्पणी गर्नु सही होइन। उनले भने, भारतीय क्रिकेटको हिस्सा नभएका विदेशी खेलाड़ीहरू यस्तो बहसको हिस्सा नभएकै राम्रो हो कारण उनीहरूलाई अधिक केही जानकारी हुँदैन। उनीहरूका टिप्पणीले आगोमा घ्यू हाल्ने काम गर्छ। उनीहरू जति नै महान भए पनि, जतिपल्ट भारत आए पनि भारतीय टीमको चयन उनीहरूको कामदेखि बाहिरको कुरा हो।