न्यूयोर्क: गत च्याम्पियन एरिना सबालेंकाले स्विट्जरल्याण्डकी रेबेका मासारोवाबाट प्राप्त भएको कड़ा चुनौतीलाई पार गरी ७-५, ६-१-ले जीतको साथ यूएस ओपन टेनिस च्याम्पियनशीपमा महिला एकलको दोस्रो राउण्डमा स्थान बनाइन्। तीनपल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन तथा विश्वकी नम्बर एक खेलाड़ी बेलारुसकी सबालेंका यस साल पहिलो ३ वटा ग्राण्ड स्ल्याममा खिताब जित्न असफल भएकी छन्। म्याचपछि उनले भनिन्, म यस सीजनको समापन ग्राण्ड स्ल्याम खिताब र नम्बर एक ऱ्याङकिंगको साथ गर्न चाहन्छु। दोस्रो राउण्डमा उनको सामना पोलिना मुदेरमेतोवासँग हुनेछ, जसलाई यस साल फरवरीमा दुबई ओपनमा उनले पराजित गरेकी थिइन्। यूएस ओपन २०२१-की च्याम्पियन एम्मा राडुकानुले १८ वर्षको उमेरमा क्वालीफायरको रूपमा खिताब जितेपछि यहाँ आफ्नो पहिलो जीत दर्ता गर्दै जापानकी क्वालीफायर एना स्निबाहारालाई ६-१, ६-२-ले पराजित गरिन्। चार साल अघि यहाँ खिताब जितेर सबैलाई चकित पार्ने राडुकानु २०२२-मा पहिलो राउण्डमै हारेकी थिइन्। यसबाहेक चोटले गर्दा उनले २०२३-मा टुर्नामेण्टमा हिस्सा लिएकी थिइन्। गत वर्ष पनि उनी पहिलो राउण्डमै हारेकी थिइन्। अहिले २२ वर्षकी भइसकेकी ब्रिटेनकी राडुकानुले यस सीजनमा असल प्रदर्शन गर्दै ऱ्याङकिंगमा ७०औं स्थानबाट ३६औं स्थान हासिल गरेकी छन्।










