इजरायली आक्रमणमा परी गाजामा चार पत्रकारसहित कम्तीमा २० जनाको मृत्यू

2025-08-25T051130Z_411042923_RC24EGAWIHL6_RTRMADP_3_ISRAEL-PALESTINIANS-GAZA-1024x683

नयाँ दिल्ली: इजरायलको हवाइ आक्रमणबाट गाजामा चार जना पत्रकारसहित २० जनाको मृत्यु भएको छ। हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले सोमबार उक्त जानकारी दिएको हो।
गाजाको नस्सेर अस्पतालमा इजरायलले हवाई आक्रमण गर्दा उनीहरूको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। मृत्यु हुनेहरूमा चिकित्सक, बिरामी र पत्रकारहरू रहेको मन्त्रालयले जनाएको छ। आक्रमणपछि अस्पतालमा रहेका बिरामीहरूको उपचार पनि प्रभावित भएको बताइएको छ।


मृत्यु हुने पत्रकारहरूमा हुसम अल मसरी, मरियम डग्गा, मोहम्मद सालमा र मोआज अबु ताहा रहेका छन्। तीमध्ये एक जना रोयटर्सका क्यामरामेन, एपीका लागि काम गर्ने स्वतन्त्र पत्रकार र अल जजीराका फोटोग्राफर रहेका छन्। आक्रणमा रोयटर्सका एक जना पत्रकार घाइते पनि भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement