मुख्यमन्त्री तामाङले भेटे ताइक्वाण्डो खेलाड़ीहरू

IMG-20250822-WA0140

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो सरकारी आवास मिन्तोकगाङमा आगामी २८ अगस्तदेखि २ सेप्टेम्बरसम्म ओडिसाको कटकमा आयोजन हुन गइरहेको चौथो सब जुनियर अनि जुनियर नेशनल ताइक्वाण्डो च्याम्पियनशीप २०२५मा सिक्किम राज्यलाई प्रतिनिधित्व गर्न गइरहेको सिक्किम ताइक्वाण्डो एसोसिएशनका सम्पूर्ण टोलीसित भेट गरे। खेलाड़ीहरूको टोलीलाई सङ्घका अध्यक्ष उमेश तामाङ, महासचिव सुमन तामाङ अनि प्रशिक्षकहरू दिपेन राई र पेम्पा डोमा तामाङले अगुवाइ गरेका थिए। उल्लेखनीय छ, केही दिन अघि एक अनौपचारिक भेटघाटको क्रममा मुख्यमन्त्री तामाङले सिक्किमलाई प्रतिनिधित्व गर्ने यस टोलीलाई वित्तीय सहयोगको वचन दिएका थिए। त्यसै वचनलाई पूरा गर्दै आज मुख्यमन्त्रीले ताइक्वाण्डो टोलीलाई भेट गरेका हन्।
आज खेलाड़ीहरूसँगको भेटघाटलाई लिएर स्वंय मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा पोस्ट हालेका छन्। जसमा उनले खेलाड़ीहरूलाई आगामी च्याम्पियनशीपको निम्ति शुभकामना व्यक्त गरेका छन्। उनले भनेका छन्, उनीहरूको समर्पण, अनुशासन र दृढता साँच्चै प्रशंसनीय छ। म विश्वस्त छु कि टोलीले उत्कृष्टताका साथ आफ्नो प्रतिभा प्रदर्शन गर्नेछ र हामी सबैलाई गर्व गराउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement