तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको भित्ते पत्रिका ‘नव पल्लव’ को लोकार्पण

IMG-20250822-WA0099

खरसाङ: तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको भित्ते पत्रिका ‘नव पल्लव’ लोकार्पण गरिएको छ। उक्त भित्ते पत्रिकाको लोकार्पण विद्यालयकी शिक्षिका प्रभारी रञ्जना प्रधान र अन्यको बाहुलीबाट लोकार्पण गरिएको छ। विद्यार्थीहरुले लेखेका विभिन्न रचनाहरुलाई संकलन गरेर लेखिएको भित्ते पत्रिका ‘नव पल्लव’ तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पुरानो भित्ते पत्रिका हो। यो भित्ते पत्रिका धेरै वर्ष अघिदेखि विद्यालयमा प्रकाशित भईरहेको थियो भने यसपाली लामो समयपछि पुनः प्रकाशित भएर लोकार्पण गरिएको छ‌। उक्त भित्ते पत्रिकाको संरकक्षिका‌ शिक्षिका प्रभारी रञ्जना प्रधान, सम्पादक देबेन्द्र लामा, सह सम्पादकद्वय शिक्षिका इन्दु शर्मा र शिक्षक देवेन मंगर रहेका छन्।

उक्त भित्ते पत्रिका लोकार्पण साथै विद्यालयको स्थापना दिवस पनि पालन गरिएको छ।‌ उक्त कार्यक्रममा अन्तर श्रेणी कविता आवृत्ति प्रतियोगिता, अन्तर दलीय क्विज प्रतियोगिता साथै स्कूलको एक्जिबिशन पनि आयोजना गरिएको थियो।

About Author

Advertisement