गान्तोकमा राष्ट्रिय पुस्तकालयाध्यक्ष दिवस पालनविद्यार्थीहरूले फिक्स माइनसेट होइन ग्रोथ माइनसेट अप्नाउनुपर्छः विधानसभा उपाध्यक्ष

IMG-20250822-WA0135

गान्तोक: सिक्किम अकादमीले राष्ट्रिय पुस्तकालयाध्यक्ष दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै भारतका पुस्तकालय विज्ञानका जनक पद्मश्री डा. एसआर रङनाथनलाई श्रद्धाञ्जली अर्पण गर्यो। कार्यक्रममा राज्यभरिका विद्यार्थी, शिक्षाविद् तथा पुस्तकप्रेमीहरूको उपस्थिति थियो। सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा डा. रङनाथनको योगदानबारे दृश्यात्मक प्रस्तुतीकरणपछि नरबहादुर भण्डारी डिग्री कलेज, तादोङकी पुस्तकालयाध्यक्ष डा. दीना सुब्बाले प्रारम्भिक मन्तव्य राखिन्। स्वागत भाषणमा सिक्किम अकादमीका अध्यक्ष एसआर सुब्बाले विद्यार्थीहरूलाई पढाइको बानी विकास गर्न आग्रह गर्दै पुस्तक र ज्ञानको दीर्घकालीन महत्त्वबारे जोड दिए। प्रमुख अतिथि थापाले विद्यार्थीहरूले स्थिर मानसिकता भन्दा विकासोन्मुख मानसिकता अप्नाउनुपर्नेमा जोड दिइन्। उनले सिक्किमका ८ विश्वविद्यालय, १८ कलेज र ७५० सरकारी विद्यालयहरूमा व्यवस्थित पुस्तकालय र पाठक समूह स्थापना गर्न आह्वान गरिन। उनले भनिन्, पुस्तकहरूले मानसिक शान्ति दिन्छन्, जुन आजका सिक्किमी युवाहरूका लागि अत्यावश्यक छ। मानसिक स्वास्थ्य सन्तुलित राख्न पठनपाठनको‌ संस्कृति विकास गरिन आवश्यक र समयको माग रहेको बताइन्। कार्यक्रममा ख्यातिप्राप्त स्रोत व्यक्तिहरूका विचारपूर्ण वार्ता प्रस्तुतिहरू समावेश थिए। जसमा डा. मनोज राणा (एनएचइयू, शिलङ) ले “राष्ट्रिय निर्माणका केन्द्र र उत्प्रेरकका रूपमा पुस्तकालयहरू” विषयमा यसैगरी प्रा. योडिडा भोटिया (अध्यक्ष, एनइपी २०२० शिक्षा विभाग, सिक्किम विश्वविद्यालय) ले “एनइपी २०२० का लक्ष्यहरू पूरा गर्न पुस्तकालयहरूको भूमिका” विषयमा वार्ता प्रस्तुत गरेका थिए। अर्कोतर्फ डा. सुजीत, लायब्रेरियन इन्चार्ज, तिस्ता सेन्ट्रल लाइब्रेरी, सिक्किम विश्वविद्यालयले “सामाजिक विकासमा पुस्तकालयाध्यक्षको भूमिका” विषयमा आफ्नो वार्ता प्रस्तुत गरेका थिए। नरबहादुर भण्डारी डिग्री कलेजका प्राचार्य डा. डी पुरोहितले पनि पुस्तकालयको रुपान्तरणकारी शक्तिबारे आफ्नो विचार व्यक्त गरे। कार्यक्रमको अन्त्य सिक्किम अकादमीका महासचिव पूर्ण योन्जनले धन्यवाद ज्ञापनका साथ गरे। कार्यक्रममा विभिन्न विश्वविद्यालय र कलेजका विद्यार्थीहरू साथै पुस्तकप्रेमीहरूको उत्साहजनक सहभागिताले सिक्किममा अध्ययन र साहित्यको जीवन्त संस्कृतिलाई प्रकट गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement