एमएम तराईमा खुशीको लहर  

IMG_20220919_223719.jpg

पानीघट्टा: तराईको एमएम तराईमा सोमबार भिलेज डेभलपमेन्ट कमिटीको सभा सम्पन्न भयो। सभामा जीटीएको सभामा एमएम तराईलाई पनि जीटीए क्षेत्रमा गाभ्नु पर्ने कुरोलाई चर्चामा ल्याएपछि क्षेत्रवासी खुशीको लहर छाएको छ। भिलिज डेभलपमेन्ट सभामा प्रकाश शर्मा सम्बु थामी अशिम राईको मुख्य उपस्थिति रहेको थियो। उनीहरूले बताए यो क्षेत्र २०१२ को स्यामल सेन कमिटीको सर्वेक्षणमा परे तापनि एम एम तराई मौजा छोडीएको थियो। त्यस समयदेखि नै अन्योलमा रहेको थियो। यहाँको सरकारी कामकाज सिलगढी महकुमा परिषदबाट नै भइरहेको बताएका छन् भने अब स्पष्ट रूपमा एमएम तराईलाई जीटीएमा अन्तर्भुक्त गर्ने जानकारी भएपछि जीटीएका कार्यपल अनित थापा जीटीए सभाअध्यक्ष अन्जुल चौहान, सभासद सतीश पोख्रेल र महासचिव अमर लामाप्रति एम एम तराईवासीले धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement