देउराली संघ नक्आउट फूटबलः बाहुनडांगी एफसी क्वार्टर फाइनलमा

IMG_20220919_212519.jpg

१९ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा नेपालको बाहुनडांगी एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। रंगमोहन हाई स्कूल मैदानमा सोमवार खेलिएको दोस्रो राउण्डको म्याचमा बाहुनडांगी एफसी-ले प्रिजम सेभेन, टिंगलिंगलाई टाईब्रेकरमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयमा बाहुनडांगी एफसी-बाट बिप्लव श्रेष्ठले २ गोल गरे। यसरी नै प्रिजम सेभेनबाट आशिष मगर र अभिषेक शर्माले १-१ गोल गरे। मंगलवार खेलिने म्याचमा एमएम तराई र सिमलबारी टीई-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

Advertisement